भारी वर्षाले देशका अधिकांश प्रदेश प्रभावित, जाजरकोटमा १३८ मिलिमिटर वर्षा



काठमाडौँ, साउन १९ । पछिल्लो २४ घण्टामा मधेश प्रदेशबाहेक देशका अधिकांश प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ।

मौसमसम्बन्धी विवरणअनुसार सबैभन्दा बढी वर्षा जाजरकोटमा १३८ मिलिमिटर मापन गरिएको छ। यसैगरी अन्य विभिन्न स्थानमा पनि भारी वर्षा भएको जनाइएको छ।

पछिल्लो २४ घण्टाको वर्षाको विवरणअनुसार मधेश प्रदेशबाहेकका प्रदेशमा वर्षाको प्रभाव देखिएको हो। भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

अन्य स्थानमा मापन भएको वर्षाको विवरण माथि संलग्न तस्बिरमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्