सेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो
काठमाडौँ,साउन १९ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ६६३ दशमलव १८ अङ्कमा झरेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अङ्कले घटेर ४६७ दशमलव ९६ मा पुगेको छ । यस्तै, फ्लोट सूचक एक दशमलव ४० अङ्कले घटेर १८३ दशमलव ३३ तथा सेन्सेटिभ फ्लोट सूचक एक दशमलव आठ अङ्कले घटेर १५८ दशमलव ५७ मा कायम भएको छ ।
आज विभिन्न कम्पनीका एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० रुपैयाँमा कारोबार भएको छ ।
कारोबार भएका १३ वटै उपसमूहको सूचक घटेको छ । आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, केबिएल डिबेञ्चर र गुडविल फाइनान्स लिमिटेड डिबेञ्चरलगायतका लगानीकर्ताले गुमाएका छन् ।

