इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
बाँके,साउन २० । नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।
साउन १८ गते बिहान करिब ११ः२० बजे इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय राम फेरन कोरीलाई उपचारका लागि अस्पताल लगिएको थियो।
कोरीको उपचारकै क्रममा साउन २० गते बिहान करिब ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

