सुनको मूल्य तोलामा चार हजार दुई सयले बढ्यो
काठमाडौँ,साउन २० — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपियाँले बढेर दुई लाख ८८ हजार रुपियाँ पुगेको छ।
अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपियाँले बढेको छ। आज चाँदी प्रतितोला चार हजार चार सय ७५ रुपियाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ८० रुपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस चार हजार एक सय २७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

