चीनमा हुने तेक्वान्दो ग्लोबल फाइनलमा नेपालका १६ खेलाडी भिड्दै



काठमाडौं,साउन २१ । चीनको नान्जिङमा आयोजना हुने तेक्वान्दो ग्रान्ड स्लाम युथ लिग ग्लोबल फाइनल २०२६ मा नेपालका १६ युवा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

विश्व तेक्वान्दोको क्यालेन्डरमा समावेश प्रतियोगिता अगस्ट ७ देखि ९ तारिखसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट युवा तेक्वान्दो खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगिताका लागि नेपाली टोलीमा बिकेश बिडारी, प्रज्ञा पाण्डे, पुजन खड्का, सिबेन सुब्बा, शाश्वत निरौला, सव्यम महतारा, सर्वम महतारा, युनिका पौडेल, आदेश बिष्ट, लोचनी भट्टराई, प्रिशा ज्ञवाली, गौतम श्रेष्ठ, अभिषेक डल्लाकोटी, आवश्यक बिष्ट, आराध्या खरेल र अफेस खत्री रहेका छन्।

टोलीलाई नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले बिदाइ गरेका छन्। नेपाली टोली प्रतियोगितामा सहभागी हुन आज चीनको नान्जिङतर्फ प्रस्थान गरेको हो।

प्रतिक्रिया दिनुहोस्