नुवाकोटमा विद्युत् प्राधिकरणको पोल बोकेको आइचर दुर्घटना



नुवाकोट,साउन २१ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित कोटबारी होटल नजिक विद्युत् प्राधिकरणको पोल बोकेको आइचर दुर्घटनामा परेको छ।

बिहीबार बिहान दुप्चेश्वर सडकखण्ड हुँदै घ्याङफेदीतर्फ जाँदै गरेको बा ५ ख २१३५ नम्बरको आइचर सडकबाट दुर्घटनामा परेको हो।

रातभर परेको निरन्तर वर्षाका कारण सडक कच्ची र चिप्लो बनेपछि सवारी दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्