एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला ३ लाख नजिक पुग्यो
काठमाडौं,साउन २१ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। एकैदिन तोलामा ८ हजारले बढेर सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नजिक पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले वृद्धि हुँदै २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार ९५ रुपैयाँले वृद्धि भई ४ हजार ५७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य परिवर्तनको प्रभावसँगै स्थानीय बजारमा पनि सुन–चाँदीको भाउ उकालो लागेको हो।

