यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौं,साउन २२ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०६ पैसा र बिक्रीदर १५२ रुपियाँ ६६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ४५ पैसा र बिक्रीदर १७६ रुपियाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ६२ पैसा र बिक्रीदर २०५ रुपियाँ ४३ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १८७ रुपियाँ ८३ पैसा र बिक्रीदर १८८ रुपियाँ ५७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ०८ पैसा र बिक्रीदर १०७ रुपियाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ५३ पैसा र बिक्रीदर १०८ रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ६० पैसा र बिक्रीदर ११९ रुपियाँ ०७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५३ पैसा र बिक्रीदर २२ रुपियाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४९ पैसा र बिक्रीदर ४० रुपियाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७१ पैसा र बिक्रीदर ४१ रुपियाँ ८७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४० पैसा र बिक्रीदर ४१ रुपियाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १८ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ६७ पैसा र बिक्रीदर १० रुपियाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०५ पैसा र बिक्रीदर १६ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४७ पैसा र बिक्रीदर २३ रुपियाँ ५६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३८ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ १५ पैसा र बिक्रीदर ४९७ रुपियाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ २९ पैसा बिक्रीदर ४०४ रुपियाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ९५ पैसा र बिक्रीदर ३९६ रुपियाँ ५० पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

