राष्ट्रिय सभा बैठकको मिति परिवर्तन, अब साउन २७ गते बस्ने



काठमाडौं, साउन २२ । संघीय संसद्को राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ। विशेष कारणवश शुक्रबार दिउँसो १ः१५ बजेका लागि तय गरिएको बैठक स्थगित गरी साउन २७ गते बुधबारका लागि सारिएको हो।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले बैठकको मिति र समय परिवर्तन गर्नुभएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार अब राष्ट्रिय सभाको बैठक साउन २७ गते बुधबार दिउँसो १ः१५ बजे बस्नेछ।

सचिवालयले बैठकको नयाँ मिति र समयबारे राष्ट्रिय सभा सदस्यहरूलाई जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्