नेपाली सेनामा जागिर लगाइदिने भन्दै दुई लाख ४० हजार ठगी, युवक पक्राउ
कञ्चनपुर,साउन २२ । नेपाली सेनामा जागिर लगाइदिने भन्दै रकम असुली ठगी गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो।
प्रहरीका अनुसार चन्दले नेपाली सेनामा जागिर लगाइदिने भन्दै एक व्यक्तिबाट दुई लाख ४० हजार रुपैयाँ असुली गरेको आरोप छ।
पक्राउ परेका चन्दलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

