प्रधानमन्त्री बालेनको सन्देश : ‘ढिला होला, तर गलत हुँदैन’



काठमाडौँ,साउन २३ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत धैर्य गर्न आग्रह गर्दै अर्थपूर्ण सन्देश सार्वजनिक गर्नुभएको छ।

प्रधानमन्त्री शाहले गएराति फेसबुकमा स्टाटस लेख्दै सही समय आउन केही समय लाग्ने उल्लेख गर्नुभएको हो। उहाँले ढिला भए पनि गलत नहुने भन्दै नआत्तिन आग्रह गर्नुभएको छ।

उहाँले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुनसक्ने बताउँदै परिस्थितिलाई सतही रूपमा मात्रै नबुझ्न संकेत गर्नुभएको छ।

प्रधानमन्त्री शाहले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन’ भन्दै आफूले सामना गरिरहेको परिस्थितिप्रति समेत संकेत गर्नुभएको देखिन्छ।

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले उहाँले कुन विषय वा परिस्थितिलाई लक्षित गरेर यस्तो धारणा सार्वजनिक गर्नुभएको हो भन्नेबारे भने स्पष्ट खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्