शासकीय सुधारमा प्रधानमन्त्री कार्यालयको प्रगति
काठमाडौँ, साउन २३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा शासकीय सुधारका क्षेत्रमा प्रगति भएको जनाएको छ।
वैशाखदेखि असारसम्म मन्त्रिपरिषद्का २१ बैठकबाट ३८४ निर्णय भएको, ४४ हजार ३४० गुनासा सम्बन्धित निकायमा पठाइएको र तीमध्ये १७ हजार ३५४ गुनासा समाधान भएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, शून्य बाँकी फाइल अभियान सञ्चालन, सरकारी निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलाई अन्तिम रूप, खर्च मितव्ययिताका लागि परिपत्र तथा तीन जिल्लामा शासकीय सुधार संवाद सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
यस अवधिमा कार्यालयको पुँजीगत खर्च प्रगति ६८.२६ प्रतिशत र चालु खर्च प्रगति १७.०७ प्रतिशत रहेको छ।

