वैदेशिक रोजगार व्यवसायीले श्रमिक पठाउन बन्द गर्ने



काठमाडौँ, साउन २३ । वैदेशिक रोजगार व्यवसायी सङ्घले शुक्रबारदेखि संस्थागत रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ।

सङ्घले वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधारसहित १५ बुँदे माग राख्दै माग पूरा नभएसम्म श्रमिक नपठाउने जनाएको हो।सङ्घले मलेसियाको श्रमिक भर्नामा कायम एकाधिकार अन्त्य, पाँच हजारभन्दा बढी नेपाली श्रमिक रहेका मुलुकमा श्रम सहचारी र काउन्सिलरको व्यवस्था तथा नयाँ वैदेशिक रोजगार इजाजतपत्र वितरणमा कडाइ गर्न माग गरेको छ।

त्यस्तै श्रमिकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्दै अवैध वित्तीय कारोबार र मिटरब्याज अन्त्य गर्नुपर्ने माग पनि व्यवसायीले राखेका छन्। अध्यक्ष डिकबहादुर खत्रीले माग सम्बोधन नभएसम्म श्रमिक पठाउने काम पूर्ण रूपमा बन्द रहने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्