दुप्चेश्वर धामको भेटी शनिबार दुई लाख १७ हजार रुपैयाँभन्दा बढी
नुवाकोट, साउन २३ । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाममा शनिबार दुई लाख १७ हजारभन्दा बढी भेटी संकलन भएको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार शनिबार धाममा कुल २ लाख १७ हजार २१५ रुपैयाँ भेटी संकलन भएको हो। जसमध्ये मध्याह्न आरतीबाट मात्रै ६६ हजार ५५५ रुपैयाँ संकलन भएको जनाइएको छ।
धाममा संकलित भेटी पारदर्शी रूपमा गणना गर्ने गरिएको कोषले जनाएको छ। समय अनुकूल हुने सर्वसाधारण तथा श्रद्धालुलाई प्रत्येक दिन बेलुका ५ बजे भेटी गणना हुने स्थानमा सहभागी हुनसमेत आग्रह गरिएको छ।
दुप्चेश्वर धामको भेटी तथा अन्य आर्थिक गतिविधिलाई पारदर्शी बनाउन श्रद्धालु तथा स्थानीयको सहभागितालाई प्राथमिकता दिइएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।

