नुवाकोटका विभिन्न क्षेत्रमा आज विद्युत सेवा बन्द हुने



नुवाकोट, साउन २४ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले लाइन मर्मत तथा सम्भारका लागि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द गर्ने भएको छ।

समुन्द्रटार सबस्टेसनबाट सञ्चालित समुन्द्रटार र सातबिसे फिडरअन्तर्गत दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण क्षेत्र, पञ्चकन्या गाउँपालिका–४ तथा तादी गाउँपालिका–२, ३ र ४ मा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा बन्द हुने केन्द्रले जनाएको छ।

त्यसैगरी देविघाट स्टेसनबाट सञ्चालित फिडर नम्बर ३ अन्तर्गत विदुर नगरपालिका–२ शेरा र वडा नम्बर ४ गगटे, लिखु गाउँपालिका–३ का सम्पूर्ण क्षेत्र, बेलकोटगढी नगरपालिका–१३ ढाडेफेदी तथा ककनी गाउँपालिकाका चतुराले, सिरुबारी, रानीपौवा बजार, मात्रागाउँ, पुतलीचौतारा, पहिरे, ढुंगानागाउँ, सिसडोल र ३५ किलो लगायतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ।

तोकिएको समयअघि नै मर्मत कार्य सम्पन्न भएमा विद्युत सेवा नियमित गरिने नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले जनाएको छ। विद्युत सेवा बन्द हुँदा पर्न जाने असुविधाप्रति केन्द्रले ग्राहकवर्गमा क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्