जहाज कुर्दाकुर्दै टिकटक स्थल बन्यो पाटन विमानस्थल



बैतडी,साउन २५ । बैतडीको पाटन विमानस्थलमा नियमित उडान नहुँदा करोडौँको लगानीमा बनेको धावनमार्ग सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर खिच्ने स्थल बन्न थालेको छ।

२०५२ सालदेखि बन्द रहेको विमानस्थल करिब ११ करोड रुपियाँ खर्चमा पुनर्निर्माण गरी २०७७ असोजदेखि आंशिक सञ्चालनमा ल्याइएको थियो। केही समय साप्ताहिक उडान भए पनि पछिल्लो करिब पाँच वर्षदेखि नियमित उडान हुन सकेको छैन।

धावनमार्ग, टावर, कार्यालय र करिब पाँच करोड रुपियाँ लागतको टर्मिनल भवन तयार भइसके पनि हवाईसेवा सञ्चालन नहुँदा स्थानीयले लगानी उपयोगविहीन भएको गुनासो गरेका छन्।

उनीहरूले बिरामी तथा घाइतेलाई आकस्मिक अवस्थामा बाहिर लैजानसमेत सहज हुने भएकाले विमानस्थलमा नियमित उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्