शैक्षिक सुधारमा मन्त्रालयको सक्रियता बढ्यो



काठमाडौँ, साउन २५ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सक्रियता बढाएको छ।

सरकारले कक्षा पाँचसम्म परीक्षा हटाएर निरन्तर मूल्याङ्कन प्रणाली लागू गरेको छ। यसैगरी राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा दशको नतिजा २९ दिनमै र कक्षा १२ को नतिजा ३९ दिनमै सार्वजनिक गरेको छ।

विश्वविद्यालयमा प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्ति, विदेश अध्ययनबाट नफर्किएका प्राध्यापकबाट रकम असुली तथा शिक्षा नियमावली संशोधनका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

विद्यालय तहको पाठ्यक्रमलाई समयानुकूल बनाउन प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम परिमार्जन प्रक्रिया पनि सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्