पाल्पामा जिप दुर्घटना, १० जना घाइते
पाल्पा,साउन २५ । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
बिहान करिब ७ बजे लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित जिपमा सवार १० जना घाइते भएका छन्।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र नौ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

