दुप्चेश्वर धाममा एकैदिन चार लाखभन्दा बढी भेटी संकलन



नुवाकोट, साउन २५ । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाममा सोमबार चार लाख चार हजार एक सय २१ रुपैयाँ भेटी संकलन भएको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार संकलित भेटीमध्ये क्यूआर माध्यमबाट १५ हजार आठ सय ६ रुपैयाँ र सन्ध्या आरतीबाट दुई लाख नौ हजार तीन सय १० रुपैयाँ प्राप्त भएको छ। बाँकी रकम धाममा भक्तजनबाट प्राप्त भेटी रहेको कोषले जनाएको छ।

धाममा संकलित भेटी पारदर्शी रूपमा गणना गर्ने व्यवस्था गरिएको जनाउँदै कोषले समय अनुकूल हुने महानुभावलाई प्रत्येक दिन साँझ ५ बजे भेटी गणना हुने स्थानमा सहभागी हुन आग्रह गरेको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले भेटी गणनामा सर्वसाधारणको सहभागिताले पारदर्शिता र विश्वास अझ बढ्ने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्