नुवाकोटबाट १३ वर्षीय पेमा वाङगेल तामाङ सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह



नुवाकोट, साउन २५ । जिल्लाको म्यागाङ गाउँपालिका–२ का १३ वर्षीय बालक पेमा वाङगेल तामाङ विदुरबाट सम्पर्कविहीन भएपछि परिवारले खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ।

बुवा नेमा तामाङ र आमा सानुमाया तामाङका छोरा पेमा वाङगेल तामाङ यही साउन २४ गते दिउँसो १२ बजेदेखि विदुरबाट सम्पर्कविहीन भएका हुन्।

परिवारका अनुसार बालकको अवस्था हालसम्म अज्ञात रहेको छ। उहाँलाई कसैले देखेको वा उहाँबारे कुनै जानकारी प्राप्त गरेको भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन अनुरोध गरिएको छ।

परिवारले बालकको खोजीमा सबैलाई सहयोग गरिदिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्