टाेखामा महिला कृषक समूहद्वारा धार्मिकस्थल सरसफाइ



काठमाडौं,साउन २७ । काठमाडौंको टोखा नगरपालिका–१ स्थित रूखमुनिमा रहेको महिला कृषक समूहले विभिन्न धार्मिकस्थलमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

समूहले बुधबार बिहान महाँकाल देवी मन्दिर, जलेश्वर मन्दिर र बौडेश्वर मन्दिर परिसरमा सरसफाइ गरेको हो।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मन्दिर परिसरलाई स्वच्छ र सफा राख्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको महिला कृषक समूहले जनाएको छ।

कार्यक्रममा समूहका सदस्यहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्