सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं,भदौ १ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा  सुन तोलामा रु एक हजार छ सयले बढेको छ भने चाँदी रु ६० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७७० कायम भएको छ 

। 

आइतबार  छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० र चाँदीको  मूल्य रु चार हजार ७१० कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्