आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ,भदौ २ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।सोमबार पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।
सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैँयाले घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको हो।

