सुनको मूल्यमा गिरावट, तोलामा साढे २ हजार रुपैयाँ घट्यो
काठमाडौं,भदौ ३ । नेपाली बजारमा सुनको भाउ आज घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले कमी आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ६० हजार ७१५ रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको भाउ प्रतितोला १६० रुपैयाँले घटेर आज ४ हजार ५९५ रुपैयाँमा झरेको छ।
यससँगै आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ।

