बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो



काठमाडौं,भदौ ३ । सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँ थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीले अब संघीय सरकारबाट यसअघि पाउँदै आएको पारिश्रमिकभन्दा मासिक ५ हजार रुपैयाँ बढी पाउनेछन्।

सरकारले विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्ने निर्णयले उनीहरूको आर्थिक अवस्थामा केही सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्