छहरे-टोखा सडकखण्डमा इभी र डिलक्स गाडी ठोक्किँयो
नुवाकोट, भदौ ४ गते । नुवाकोटको छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ काफलडाँडा नजिकै इभी र बा २ ख ६८२० नम्बरको डिलक्स गाडी आपसमा ठोक्किँदा केहीबेर सडक अवरुद्ध भएको छ।
बिहीबार दिउँसो दुवै सवारीसाधन आपसमा ठोक्किएपछि सडकमा यातायात आवागमन प्रभावित भएको हो। दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।
दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको बताइएको छ। केहीबेर अवरुद्ध भएको सडक पछि सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

