यात्रुबाहक ईभीको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु



दाङ,भदौ ४ । दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटरको पछाडि सवार अर्घाखाँचीको सितगंगा नगरपालिका–८, लापेकी ३२ वर्षीया सम्झना केसी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

स्कुटर चालक २० वर्षीय अभिषेक कुमाल घाइते भएका छन। दुर्घटनामा संलग्न ईभी गाडी, स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्