जेसीबी मेसिन भिरबाट खस्दा चालकको मृत्यु



सुर्खेत,भदौ ४— सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा जेसीबी मेसिन सडकबाट भिरमा खस्दा चालकको मृत्यु भएको छ।

सडक निर्माण तथा सफाइको काम गरिरहेको भे.१ ग १२७ नम्बरको जेसीबी बाटो सफा गर्ने क्रममा सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा बराहताल गाउँपालिका–५ निवासी करिब ३३ वर्षीय चालक रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि लामिछानेलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्