बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त



मकवानपुर,भदौ ४ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का किरण थापा मगर नियुक्त भएका छन्।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

थापा मगरलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीको समर्थन रहेको बताइएको छ। प्रदेशमा नयाँ सरकार गठनका लागि आवश्यक समर्थन जुटेपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्