नाबालिकाको चरित्र हत्या गरेको आरोपमा नुवाकोट शिवपुरीका १९ वर्षीय युवक पक्राउ



नुवाकोट,भदौ ४ । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल रहेका छन्। घटनासम्बन्धी प्राप्त निवेदनमाथि गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट घटनामा उनको संलग्नता खुलेपछि साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई भदौ ३ गते पक्राउ गरेको हो।

पक्राउ परेका कटुवाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्