उकालो यात्रामा सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,भदौ ५ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १३० रुपैयाँले बढेर ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

