रसुवामा पहिरोले ११ घरगोठमा क्षति, ६५ जना विस्थापित



रसुवा,भदौ ६ । रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा क्षति पुर्‍याएको छ।

शुक्रबार राति करिब १० बजे काजुलाबाट खसेको पहिरोले घर तथा गोठमा पूर्ण तथा आंशिक क्षति पुर्‍याएको हो।

पहिरोका कारण ६५ जना विस्थापित भएका छन्। पहिरोबाट मानवीय क्षति भने नभएको बताइएको छ।

पहिरोमा परी पशुचौपाया तथा घरगोठमा पूर्ण र आंशिक क्षति हुँदा करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि स्थानीय तह तथा सम्बन्धित निकायबाट क्षतिको थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्