रसुवाको माझगाउँमा पहिरो: पासाङ ल्हामु राजमार्ग ठप्प, गोसाइँकुण्डका तीर्थयात्री अलपत्र



रसुवा,भदौ ७ । शनिबार रातिको वर्षाका कारण पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावती–कालिकास्थान सडकखण्डमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

कालिका गाउँपालिका–३ र उत्तरगया गाउँपालिका–५ को सिमानामा पर्ने माझगाउँ नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

सडक बन्द हुँदा नियमित आवतजावत गर्ने स्थानीय यात्रुहरू समस्यामा परेका छन् भने प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्ड जाने तीर्थयात्रीहरू समेत बीच बाटोमै अलपत्र परेका छन्।

पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुहरू गन्तव्यतर्फ जान नपाई सडकमा रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्