१४ बुँदे सहमतिपछि टुंगियो धर्ना, ३२३ लघुवित्त ऋणी घर फर्किए



ललितपुर,भदौ ७ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका छन्।

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि लामो समयदेखि जारी धर्ना कार्यक्रम स्थगित गरिएको हो।

सहमति भएपछि सरकारले आइतबार बिहान ८ः५० बजेदेखि साझा यातायातका आठवटा बसको व्यवस्था गरी ३२३ जना ऋणीलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको छ।

विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लातर्फ बिदाइ गरिएको हो।

सरकारसँग भएको सहमतिपछि धर्ना स्थगित गर्दै घर फर्किएका ऋणीहरूले सहमतिमा समेटिएका आफ्ना मागहरू कार्यान्वयन हुने अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्