झरनामा बेपत्ता २१ वर्षीय युवकको शव फेला



कैलाली,भदौ ७ । कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुङ्गडा चिप्ले झरनामा चिप्लेर बेपत्ता भएका एक युवकको शव आइतबार फेला परेको छ।

डडेल्धुराका २१ वर्षीय खगीराज पन्तको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार साथीहरूसँग घुम्न गएका पन्त झरनामा खसेर बेपत्ता भएका थिए।

झरनामा डुबेर बेपत्ता भएको स्थानबाट करिब पाँच सय मिटर तल उनको शव फेला परेको जनाइएको छ।

बेपत्ता युवकको खोजीका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकका आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्