लगातार चाैथाे दिन पनि बढ्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?



काठमाडौं,भदौ ८ । साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन प्रतिताेला ३ हजार २ सय रुपैयाँले बढेको हाे ।

यसअघि गत गत बिहिबार सुन ताेलमा एकैदिन ९ हजार ३००, शुक्रबार ३ हजार ३०० र आइतबार २ हजार ८ सय रुपैयाँले बढेको सुनकाे भाउ आज लगातार चाैथाे दिन पनि बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजाे छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबारचाँदी तोलाको ४ हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्