भोटेकोशीमा पानीको बहाव उच्च, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
रसुवा,भदौ १०— भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव उच्च रहेकाले नदी तटीय क्षेत्रमा रहेका कार्यालय, आयोजना तथा मानवीय बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
भोटेकोशी नदीको बहाव बढेसँगै रसुवा जिल्ला हुँदै बग्ने नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको हो।
नदी किनार तथा आसपासका कार्यालय, आयोजना र बस्तीमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न तथा सम्भावित बाढीजन्य जोखिमबाट जोगिन सतर्क रहन आग्रह गरिएको छ।
सम्बन्धित निकायले नदीको अवस्था र पानीको बहावलाई निरन्तर निगरानी गर्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

