भोटेकोशीमा भीषण बाढी, रसुवाका नदी आसपासका बस्तीमा ठूलो क्षतिको आशंका



रसुवा, भदौ १०— आज बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी आसपासका रसुवाका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ।

रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बाढी नदीको सतहभन्दा झण्डै एक सय मिटर माथिसम्म पुगेको बताइएको छ।बाढीका कारण ती क्षेत्रहरूमा ठूलो मात्रामा जनधनको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ। जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सार्ने प्रयाससमेत जारी रहेको जनाइएको छ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन बाँकी रहेको छ। स्थानीय प्रशासन तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्