रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु



काठमाडौं,भदौ ११ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्छ।

बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा, बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने र पुनःस्थापनाका विषयमा छलफल भइरहेको छ।

रास्वपाका अनुसार तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

प्रतिक्रिया दिनुहोस्