नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु



नुवाकोट,भदौ ११ । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारणमार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ।

प्राधिकरणका अनुसार खरानीटार, समुन्द्रटार, चोंगाडा, लिखु, पञ्चकन्या तथा विदुर क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति मिलाइएको हो।

ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणको उच्चस्तरीय टोली नुवाकोट खटिएको छ। टोलीले बाढीबाट प्रभावित विद्युत् संरचनाको निरीक्षण तथा मर्मतसँगै वैकल्पिक माध्यमबाट आपूर्ति नियमित गर्ने काम गरिरहेको जनाएको छ।

प्राधिकरणले साँझसम्म प्रभावित क्षेत्रमा विद्युत् सेवा थप नियमित र व्यवस्थित बनाउने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्