सुनचाँदीको मूल्य घट्यो
काठमाडौं,भदौ ११ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला तीन लाख २० हजार नौ सय रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य प्रतितोला चार हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ।
बुधबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार एक सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

