राष्ट्रपति जरदारीद्वारा नेपालको विपत्तिप्रति दुःख व्यक्त



काठमाडौं,भदौ ११ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा पर्ने तिब्बती सीमानानजिक, आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

राष्ट्रपति जरदारीले घटनामा ज्यान गुमाउनेहरुका परिवारप्रति समवेदना व्यक्त गर्दै नेपाली जनता तथा नेपाल सरकारप्रति ऐक्यबद्धता जनाउनुभएको छ। उहाँले बाढीपहिरोमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अझै सम्पर्कविहीन रहेकाहरू सकुशल फिर्ता हुने आशा व्यक्त गर्नुभएको छ।

नेपालको उत्तरी क्षेत्रमा आएको बाढी र पहिरोले जनधनमा ठुलो क्षति गरेपछि पाकिस्तानका राष्ट्रपति जरदारीले दुःख व्यक्त गर्दै नेपाल र नेपालीलाई संयमित हुन आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्