गोसाइँकुण्डबाट फर्किँदै हुनुहुन्छ ? धुञ्चे नजानुहोस्, सरकारले देखायो वैकल्पिक बाटो
काठमाडौं,भदौ ११ । नेपाल सरकारले गोसाइँकुण्डबाट काठमाडौं फर्किने आन्तरिक तथा बाह्य पर्यटकलाई धुञ्चेतर्फको बाटो प्रयोग नगर्न आग्रह गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका पर्यटकलाई सुरक्षित आवागमनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार पर्यटकले गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्। सरकारले पर्यटकको सहज र सुरक्षित यात्रालाई ध्यानमा राख्दै धुञ्चेतर्फको मार्ग प्रयोग नगर्न आग्रह गरेको जनाएको छ।

