लाङटाङ लिरुङबाट फेरि बाढी आउन सक्ने उच्च जोखिम



काठमाडौं,भदौ १२ । भोटेकोशीमा भीषण बाढी निम्त्याएको लाङटाङ लिरुङ क्षेत्रबाट पुनः बाढी आउन सक्ने उच्च जोखिम देखिएको छ। नेपाल र चीनका विज्ञहरूले सम्भावित जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्दै दुवैतर्फ सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

विपत्विज्ञ वसन्तराज अधिकारीका अनुसार हिमनदी क्षेत्रको ठूलो हिस्सा खसेपछि बनेका खाल्टामा पानी जमेर ताल बनेको छ। पानी भरिएर प्राकृतिक बाँध फुटे अर्को ठूलो बाढी आउन सक्ने जोखिम रहेको उहाँले बताउनुभयो।

चिनियाँ पक्षका अनुसार बिहीबार दिउँसोसम्म उक्त क्षेत्रमा करिब २० लाख घनमिटर पानी जमिसकेको छ भने थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने सम्भावना छ। पोखरीमा ठूलो मात्रामा पानी जमेर प्राकृतिक बाँध फुटे भोटेकोशी क्षेत्रमा फेरि विनाशकारी बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ।

प्रतिक्रिया दिनुहोस्