त्रिशुली नदीको बहाव बढ्दै, नुवाकोट प्रशासनको सतर्क रहन आग्रह



नुवाकोट,भदौ १२— भोटेकोशी नदी हुँदै त्रिशुली नदीको बहाव बढिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले त्रिशुली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने तथा आसपासमा रहेका सर्वसाधारणलाई आवश्यक सावधानी अपनाई सुरक्षित स्थानमा जान अनुरोध गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले नदीको बहाव बढिरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सबैमा आग्रह गर्नुभएको छ।

यसैबीच, त्रिशुली–बट्टार क्षेत्रका स्थानीयसमेत सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित गन्तव्यतर्फ जान थालेका छन्।

प्रतिक्रिया दिनुहोस्