रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा



एजेन्सी,भदौ १२ । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन्।

चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनल प्रतिस्पर्धामा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै रवीन्द्रले फाइनलमा स्थान पक्का गरेका हुन्।

तीन राउन्डसम्म चलेको प्रतिस्पर्धामा रवीन्द्र निर्णायकहरूको विभाजित मतका आधारमा विजयी भए। रवीन्द्रसँग पराजित भएसँगै मर्डकले आफ्नो खेल जीवनकै पहिलो हार बेहोरेका छन्।

‘रोड टु युएफसी’ युएफसीमा प्रवेशका लागि एसियाली फाइटरहरूलाई अवसर प्रदान गर्ने महत्वपूर्ण प्रतियोगिता हो। अब फाइनलमा रवीन्द्रले उपाधिसँगै विश्वकै प्रतिष्ठित मिश्रित मार्शल आर्ट्स प्रतियोगिता युएफसीमा प्रवेश गर्ने महत्वपूर्ण अवसरका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्