बागमती प्रदेशको पहलमा अलपत्र यात्रुलाई सात सवारीमार्फत काठमाडौँ उद्धार



नुवाकोट, भदौ १३ । भोटेकोशी बाढीपछि रसुवाबाट नुवाकोटको सूर्यगढी गाउँपालिकाको बाटो हुँदै आएका विपत्तिपीडित नागरिकलाई उद्धार गरी काठमाडौँ पठाइएको छ।

बागमती प्रदेश सरकारको सहयोग तथा बागमती प्रदेशसभा सदस्य राधिका तामाङको संयोजनमा पाँचवटा विद्युतीय गाडी र दुईवटा बसमार्फत उनीहरूलाई शुक्रबार काठमाडौँ पठाइएको हो।

उद्धार गरिएका ११७ जनामध्ये पावर चाइना आयोजनामा कार्यरत कामदार तथा प्राविधिक टोलीका सदस्य र केही तीर्थयात्री रहेका छन्।

बाढीका कारण प्रभावित क्षेत्रमा आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै आएका उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्