पूर्वउपराष्ट्रपति पुनद्वारा नुवाकोटको विपद् व्यवस्थापनमा सहकार्यको आग्रह
नुवाकोट, भदौ १३ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन, पूर्वमन्त्री हितबहादुर तामाङ तथा नुवाकोट क्षेत्र नम्बर २ का सांसद अच्युतम लामिछानेसहितको टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेर जिल्लामा उत्पन्न विपद्जन्य अवस्थाबारे छलफल गरेको छ।
जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईँसँग भएको बैठकमा घाइते तथा पीडितको तत्काल उद्धार, राहत वितरण, छिन्नभिन्न अवस्थामा रहेका शवको उचित व्यवस्थापन तथा विपद्का कारण सिङ्गो नुवाकोट जिल्लामा उत्पन्न भएका विभिन्न समस्याको सहज व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
बैठकमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच आवश्यक समन्वय, सहकार्य र सहयोग गर्ने विषयमा समेत सल्लाह–सुझाव आदानप्रदान गरिएको बताइएको छ।

