भोटेकोशीमा पानीको बहाव पुनः बढेपछि नुवाकोटमा त्रास, स्थानीय सुरक्षित स्थानतर्फ



नुवाकोट,भदौ १४ । भोटेकोशी नदीमा पानीको बहाव आइतबार बिहानै पुनः बढेको खबर आएपछि नुवाकोटका नदी तटीय क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ। बहाव भदौ १० गते झैँ उच्च भएको सूचना पाएसँगै विदुर, बट्टार, इनारपार्टी लगायतका क्षेत्रका मानिसहरू सुरक्षित स्थानतर्फ जान थालेका छन्।

स्थानीयहरू अहिले गंगटेपार्कस्थित वनदेवी मन्दिर आसपासका सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। प्रशासनले समेत नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

भदौ १० गते आएको भयावह बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएपछि स्थानीयहरू अझै त्रसित अवस्थामा छन्। नदीमा पानीको बहाव पुनः बढेको खबरसँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै मानिसहरू सुरक्षित स्थान खोज्न थालेका हुन्।

प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्