कृष्णभीरमा सडक भासिँदा मुग्लिङ–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध



काठमाडौं,भदौ १४ । कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।

भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्